दलित तथा पिछडिएको समुदायहरुलाई सुचनाको हक सम्बन्धी पं्रशिक्षण


05 May, 2015 -
कलैया, बारा बैशाख– १० दलित तथा पिछडिएको समुदायहरुलाई सुचनाको हक सम्बन्धी एक दिने अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम बाराको कलैयामा सम्पन्न भएको छ । युवा सरोकार अभियान बाराको आयोजना तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाराको स्थानीय सहकार्यमा संचालित उक्त कार्यक्रममा विभिन्न दलित जातजातिक तथा पिछडिएको समुदायका ४० जनाको सहभागिता रहेको थियो । सुचनाको हकका लागि नागरिक अभियान काठमाण्डौको सहयोग तथा राष्ट्रिय सुचना आयोग काठमाण्डौको सहकार्यमा संचालित उक्त प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरुलाई सुचनाको हक सम्बन्धी ऐनका प्रावधान, सार्वजनिक निकायले सार्वजनिक गर्नैपर्ने सुचनाहरु विषयमा सुचनाको हकका अभियान्ता सन्तोष पाण्डेले र केन्द्रस्तरदेखी स्थानीय स्तरसम्म राज्यका सेवा प्रदायक निकायहरुले दलित जातजातिहरुलाई कानुनि व्यवस्था गरेका सेवा र सुविधाको विषयमा दलित समाज कल्याण संघ बाराका संयोजक नन्दलाल रामले प्रशिक्षण दिनुभएको थियो । यसैगरी सुचना माग गर्ने प्रक्रिया र उजुरी प्रक्रियाको वारेमा प्रवेज आलम अंसारी र सुचना माग अभियानबाट प्राप्त उपलब्धीको विषयमा मुकेश कुशवाहाले प्रशिक्षण दिनुभएको बताईएको छ । सो अवसरमा विभिन्न विषयहरुमा १५ वटा निकायहरुमा सुचना मागको निवेदन तयार गरिएको थियो । सहभागिहरुले आ–आफ्नो गाविस नगरपालिकाहरुमा गएर कम्तीमा पनि २÷२ दलितहरुको लागि आएको बजेट तथा सेवाहरुको वारेमा सुचना माग गर्ने प्रतिवधता जनएको थिए । कार्यक्रममा अधिकाशं सहभागिहरुले गाविस, जिविस, नगरपालिका तथा विद्यालयहरुमा आएको सेवा सुविधाहरु वास्तविक दलितहरुले नपाएको गुनासो गरेको अभियान्ता सन्तोष पाण्डेले बताएका छन ।