सुचना अधिकार संजाल पर्सा गठन


05 May, 2015 -
कलैया,चैत्र २१ पर्सा जिल्लामा सुचनाको हकलाई प्रभावकारी कार्यान्वयन तथा सुचनामाग अभियान संचालन गर्ने उदेश्यले आज विरगंजमा एक कार्यक्रमविच सुचना अधिकार जिल्ला संजाल पर्सा गठन भएको छ । वीरगंज स्थित होटल कुम पेलेसमा सुचना अभियान्ता तथा पत्रकार रितेश त्रिपाठीको अध्यक्षतामा बसेको अभियान्ता तथा युवाहरुको भेलाले संजाल गठन गरेको हो । भेलाले अरुण यादव संयोजक रहने गरि १९ सदस्यी संजाल बनाएको छ । नवगठित संजालको सह संयोजकमा सुनिता ठाकुर, सचिवमा आशु सरार्फ र सदस्यहरुमा श्रीनिवास महतो, प्रेम यादव, संदिप कुशवाहा, रामलाल मुखिया, एलीशा उदास, उमा लामा, मुना सरार्फ, अनिल शर्मा, अजय साह, सुनिल महतो, प्रेम पाण्डे, आशिष त्रिपाठी श्याम प्रवेश चौधरी, गौरभराज सुवेदी, अजय चौधरी र अरवीन्द कडेल रहेको छन । उक्त भेलाको युवा सरोका अभियान बाराले आयोजना गरेको थियो