सूचनामैत्री नमूना नगरपालिकाका लागि सरोकारवालाहरुसंग अभिमुखीकरण एवंम् अन्तरक्रिया कार्यक्रम


09 April, 2015 -
मिति २०७१ साल माघ १० गते नवलपरासी जिल्लाको गैडाकोट स्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा सूचनामैत्री नमूना नगरपालिकाका लागि सरोकारवालाहरुसंग अभिमुखीकरण एवंम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको सरल र सहज पहुँचमा वृद्धि गराई मैत्री नमूना नगरपालिका वनाउने, राज्यका काम कारवाही लोकतान्त्रिक पद्धतिअनुरुप खुल्ला र पारदर्शी वनाउने, नगरपालिका स्तरमा सूचनाको हकको व्यवहारिक प्रयोगलाई अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वाल्दै गैडाकोट नगरपालिका प्रमुख शिव रिजालले नगरपालिकामा दिन नमिल्ने सूचना कुनै पनि नरहेको खुलासा गर्नु भएको थियो ।