साझेदार संस्थाहरुको वैठक एवम् अनुभव आदान प्रदान कार्यक्रम


09 April, 2015 -
सूचनाको हकका लागि नागरिक अभियान, काठमाण्डौंको सहकार्यमा विजय विकास स्रोत केन्द्र, गैडाकोट नवलपरासीको आयोजनामा साझेदार संस्थाहरुको वर्तमान अवस्था तथा चुनौतीका विषयमा एकदिने अनुभव आदान प्रदान कार्यक्रम यही मिती २०७१ साल पौष १२ गते विजय विकास स्रोत केन्द्र, गैडाकोट, नवलपरासीमा सम्पन्न भएको छ । सूचनाको हकका लागि नागरिक अभियान साझेदारीमा सम्पन्न अनुभव आदान प्रदान कार्यक्रममा विभिन्न १८ जिल्लाका ३५ जनाको सहभागिता रहेको सो कार्यक्रममा साझेदार संस्थाहरू विजय विकास स्रोत केन्द्र, फ्रिडम फोरम, युवा सरोकार अभियान, एकिकृत विकास प्रतिष्ठान, होप नेपाल, कर्णाली स्वावलम्बन विकास मञ्च, सूचना तथा मानव अधिकार केन्द्र, सुदुरपश्चिम मिडिया विकास केन्द्रका साथसाथै चितवन, नवलपरासी, रुपन्देही, अर्घाखाँची, पाल्पा, स्याङ्गजा र तनहुँका सूचना अधिकार अभियानकर्ताहरूको उपस्थिति रहेको थियो । यसरी विभिन्न जिल्लामा रही सूचनाको अधिकार प्रयोग गर्न नागरिकलाई सचेत गराउदै आएका साझेदार संस्थाहरुले संचालन गरेका गतिविधिवारे जानकारी गराएका थिए । सूचनाको हकको प्रयोग गर्न नागरिकलाई सचेतता दिने कार्यमा सदैव यि संस्थाहरु सक्रिय रहेका छन् । सूचना माग गर्ने काममा सक्रिय सूचना माग कर्तालाई सक्रिय वनाउन र सार्वजनिक निकायबाट प्राप्त हुनुपर्ने सूचनाबाट कोहीपनि विमुख हुन नपरोस भनी अझ सशक्त रुपमा अघि वढ्नु पर्छ भन्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको थियो ।