सिमान्तकृत तथा विशेष समूहहरुको लागि सूचनाको अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम


09 April, 2015 -
मिति २०७१ साल पौष ६ गते चितवन जिल्लाको भरतपुर स्थित जिल्ला गैर सरकारी संस्थाको सभाहलमा सिमान्तकृत तथा विशेष समूहहरुको लागि (फरक क्षमता भएका अपांगता भएका व्यक्तिहरुको) सूचनाको अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ सीमान्तकृत तथा विशेष समूहका व्यक्तिहरुलाई सूचनाको हकका बारेमा अवगत गराउने सूचनाको हकको प्रयोग गरी सूचना प्राप्त गर्न उनीहरुलाई प्रेरित गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । सूचनाको हक सम्वन्धि जनचेतना अभिवृद्धी गराई सीमान्तकृत तथा विशेष समूहका व्यक्तिहरुलाई सूचनाको हकको बारेमा अवगत गराई यसको प्रयोगका लागि प्रेरित गर्नुकोे साथै सूचनाप्राप्त गर्ने निकायहरु र प्राप्त गर्ने आधारको बारेमा जानकारी गराई माग गरिएको सूचना प्राप्त नभएमा कहाँ र कसरी जाने भन्ने बारेमा छलफल गरिएको थियो ।