सूचनाको हक सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रम


09 April, 2015 -
सूचनाको हक सम्बन्धि युवा वर्गलाई सचेत गराउने उद्देश्यले यही कात्र्तिक ५ गते तदनुसार अक्टुवर २२ तारिखमा सूचनाको हक सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रम गैडाकोट, देवचुली, कावासोती, वर्दघाट, सुनवल र रामग्राम नगरपालिकामा सम्पन्न भएको छ । आम युवावर्गहरुलाई सूचनाको हकसम्वन्धि ऐन नियमावलीको वारेमा जानकारी गराउने, सूचना माग गर्न सकिने क्षेत्रको वारेमा आम नागरिकलाई जानकारी गराई सार्वजनिक महत्वको विषयमा वर्गहरुमा चासो वृद्धि गराउने, नेपालमा सूचनाको हक प्रयोग गरि हासिल गरिएका उपलब्धिहरु सम्वन्धमा जानकारी गराउने, सूचना अधिकार केन्द्रमा नागरिकको पाहुँच बढाउने, नागरिकहरुले चाहेर पनि प्राप्त गर्न नसकेको सूचना माग्ने तथा दिलाउने प्रक्रियामा सहजिकरण गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । साथै प्रत्येक नगरपालिकामा सूचनाको अधिकार सम्वन्धि नगरस्तरिय सञ्जाल गठन गरिएको छ र सो सञ्जालको वैठक नियमित रुपमा वस्ने गरेको र सूचनाको अधिकार सम्वन्धि कार्यक्रमहरु आ आफ्नो निकायमा गर्दै आइरहेको अवस्था छ ।