राष्ट्रिय सूचना दिवस


08 April, 2015 -
आठौं राष्ट्रिय सूचना दिवसको अवसरमा सूचनाको हक सम्वन्धि ऐन कार्यान्वयनको सात वर्षः समिक्षात्मक अन्तरक्रिया कार्यक्रम विजय विकास स्रोत केन्द्रका अध्यक्ष वसन्तराज लम्सालकोे अध्यक्षतामा सम्पन्न भयो । ईलाका प्रशासन कार्यालय कावासोतीका कार्यालय प्रमुख चेतनारायण घिमिरे को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ईलाका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयका प्रमुख, गैससका प्रतिनिधीहरु, पत्रकारहरु, अधिवक्ता तथा सूचनाको हकका अभियानकर्मीहरु गरि २१ जनाको सहभागिता रहेको थियो (सहभागिहरुको जातीगत विवरण अनुसुचि १ मा प्रस्तुत गरिएको छ) । कार्यक्रम निर्धारीत समयानुसार विहान ठीक ८.०० वजे सुरुवात भएको थियो । कार्यक्रमको औपरारिक उद्घाटन सूचनाको हकसम्वन्धि चेतनामूलक भिडियो गीत वजाएर प्रमुख अतिथिले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विजय विकास स्रोत केन्द्रका सञ्चालन निर्देशक तथा सूचना अधिकारी टिकाराम कँडेलले गर्नुभएको थियो ।